इलाम। कोरोना भाइरस प्रभावित मुलुकबाट यात्रा गरेर स्वदेश आउने व्यक्तिहरुलाई अस्पतालको सम्पर्कमा आउन इलाम नगरपालिकाले आव्ह्रान गरेको छ ।
नगरपालिकाले उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न र सावधानी अपनाउन पनि आग्रह गरेको छ । इलाम नगरपालिका अन्तर्गत कोभिड १९ को प्रकोप रोथाम तथा नियन्त्रणका लागि गठित कार्यदलको बैंठकले कोरोना प्रभावित मुलुकबाट आएकाहरुको निगरानी राख्न र सूचना आदनप्रदान गर्नका लागि वडाध्यक्ष, सदस्य तथा स्वास्थ्य स्वयम् सेविकासँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यसरीनै बैंठकले कोरोना संक्रमितको उपचार र आवश्यक काम गर्नका लागि रेपिड रेस्पोन्स टीम पनि गठन गरेको छ । टीममा इलाम अस्पतालका प्रमुख डा. प्रभू साहकाृ संयोजकत्वमा ल्याब अधिकृत निलेश ठाकूर, स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेल, स्वास्थ्यकर्मी पंकज पोख्रेल, जनककुमारी थापा रहेको टीम गठन गरेको हो ।