यी हुन् माओवादी केन्द्रका इलामका छ पालिकाका नवनिर्वाचित पदाधिकारी

माई नगरपालिका

नेकपा माओवादी केन्द्र माई नगरपालिकाको अध्यक्षमा धनकुमार लिम्बु निर्वाचित भएका छन् । नमुना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न प्रथम नगर अधिवेशनले लिम्बुको नेतृत्वमा ६५ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।उपाध्यक्षमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् । सचिवमा चक्र कटुवाल, सहसचिव समीर राई र कोषाध्यक्षमा युवराज ढकाल रहेका छन ।सदस्यहरूमा.तेजबहादुर घिमिरे, रुद्र आले, ठग बहादुर खाती, ज्ञान ब. गुर्वछान, धनकुमारी राई, यसोदा गिरी, यज्ञप्रसाद बास्तोला, विष्णुकुमारी मगर, सोमरानी तामाङ, गणेश कुमारी मगर, सुनिता तामाङ, कल्पना राई, ललिता महते, चन्द्रदेवी राई, हिमा बराइली, अमृता पाख्रिन, केशरी बि.क रहेका छन् ।अन्य सदस्यहरुमा अम्बर ब.बराइली, खेमराज पौड्याल, हरि प्रसाद कट्टेल, सन्त बहादुर मोक्तान, सन्तोष कुमार राई, वीर बहादुर बस्नेत, लेख बहादुर मगर, विमल राई, जीत बहादुर लोक्ताम, दुर्गा कुमार राई, लक्ष्मी पौड्याल, जंगबहादुर बस्नेत, लोकबहादुर राई, नारायण बुढाथोकी, डम्बर बुढाथोकी, रानी बहादुर नेम्वाङ, मंजिल नेम्वाङ, बुद्धिमान चेम्जोङ, नमिन ढकाल, रोमनाथ ढकाल, निलहरी चम्लागाई, देवीप्रसाद आचार्य, मुकुन्द आचार्य, काशीनाथ पौड्याल, यदुनाथ दुलाल रहेका छन् ।अन्य सदस्यहरुमा युवराज राई मन बहादुर राई, राज राना मगर, नर बहादुर आले, टीका प्रसाद राई, नरेन्द्र राई, वीर बहादुर लिङ्देन, रूप प्रसाद कुरुङबाङ, टीकाराम गिरी, प्रेम कार्की, कमल कार्की, कमल गिरी, दिनेश राई, दिलीपकुमार भण्डारी, धर्मकुमार चिमरिया, नगेन्द्र लुङ्गेली रहेका छन् । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई जिल्ला समन्यव समिति सचिवालय सदस्य दिपक सिञ्चुरीले गोपनियताको सपथ ग्रहण गराएका छन् ।

माईजोगमाई गाउपालिका

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) माईजोगमाई गाउपालिकाको अध्यक्षमा कुबिरमान राई निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न प्रथम गाउँ अधिवेशनबाट राईको नेतृत्वमा ५४ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो ।उपाध्यक्षमा मतदान प्रक्रियाबाट झुलेन्द्र पौडेल प्रेम तामाङ र भविन खत्री निर्वाचित भएका छन । उपाध्यक्ष पदका आकांक्षीहरु झुलेन्द्र पौडेल ,प्रेम तामाङ्ग,लभविन खत्री,राजु राई र वीर बहादुर बिश्वकर्माले दाबी गरेपछि निर्वाचन भएको थियो ।सचिवमा देविभक्त शिवाकोटी सहसचिव बिनिन भट्टराई र कोषाध्यक्षमा देविमाया राई निर्विरोध चयन भएका छन् । गाउँपालिका समितिमा २० प्रतिशत युवा ३५ सदस्यीय महिला र ४५ प्रतिशत अन्यको सहभागिता रहेको छ । माईजोगमाई गाउपालिकाबाट २ जना प्रदेश प्रतिनिधि नेकपा माओवादी केन्द्र इलाम जिल्ला सम्वन्वय समिती सचीव बिजय खम्बु (तेजबहादुर राई) र नेकपा माओवादी केन्द्र इलाम जिल्ला समन्वय समिति सदस्य गन्जु प्रधान निर्विरोध चयन भएका छन ।

मांसेबुङ गाउँपालिका

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) मांसेबुङ गाउँ समितिको प्रथम पालिका सम्मेलनबाट अध्यक्षमा जनम खम्बु, उपाध्यक्षमा नरबहादुर लिम्बू, उपाध्यक्षमा पृथिमान जबेगु र उपाध्यक्षमा दिलकुमार लिम्बू,सचिव डकिन्द्र लिम्बू, सह-सचिव सुरेश राई, कोषअध्यक्ष मिना कुमारी मगर रहेका छन् ।
चुलाचुली गाउँपालिका

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चुलाचुली गाउँपालिकाकाे प्रथम अधिवेशनबाट अध्यक्षमा पृथ्वीराज राई, उपाध्यक्षमा धनदेवि पोख्रेल, उपाध्यक्षमा दीपक श्रेष्ठ, उपाध्यक्षमा गजेन्द्र सुनवार, सचिवमा भगीरथ भट्टराई, सह सचिवमा नारायण निरौला र कोषाध्यक्षमा इन्द्रकुमार नेम्वाङ रहेका छन् ।
सूर्योदय नगरपालिका
नेकपा (माओवादि केन्द्र ) सूर्योदय नगरपालिकाको  प्रथम नगर सम्मेलनबाट अध्यक्ष मा सदिप तामाङ्ग,उपाध्यक्षमा देवि प्रसाद उप्रेति, घनश्याम पौडेल, सोनिका राई, सचिवमा मेहेरराज आचार्य, सहसचिवमा विपिन पोख्रेल र कोषाध्यक्षमा पुष्पराज आचार्य रहेका छन् ।
इलाम नगरपालिका
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलाम नगरपालिकाको प्रथम नगर सम्मेलनबाट प्रवास शर्माको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति निर्वाचित भएकाे छ । समितिकाे अध्यक्षमा प्रवास शर्मा,उपाध्यक्षमा विक्रम लिम्बु, अर्जुन राई (दिपेन), विक्रमजित राई, सचिवमा तारानिधि घिमिरे, सह-सचिवमा नविन फागो लिम्बु र कोषाध्यक्षमा विविमाया लिङ्दम रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार