सभापतिकाे दाेस्राे प्रयासमा खड्का सफल,भेषराजकाे तीनवटै प्रयास निरर्थक

उपसभामुखमा विष्णु र खगेन्द्र

  सरलपाटी स‌ंवाददाता

 561 पटक हेरिएको

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् ।
खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन् । १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी हुँदै सभापतिमा आफ्नो स्थान सुरक्षित गरेका थिए । १ हजार ६०० मत गणना हुँदै खड्काले ८७० मत पाएका थिए । उनी १३ अाै‌ महाधिवेशनमा समेत सभापतिका उम्मेदवार बनेका थिए । तर सफल हुन सकेनन् । भने १२ अाै‌ महाधिवेशनमा समेत भेषराज सभापतिकाे उम्मेदवार बनेका थिए ।
खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट उम्मेद्वार हुन् । आचार्य भने सस्थापन इतर समुहका थिए । जिल्ला सभापतिमा निर्वाचित खड्का १३ आंै महाधिवेशनमा भने पहिलो चरणको निर्वाचनबाट बाहिरिएका थिए । दोस्रो चरणमा हिमालय कर्मचार्य र भेषराज आचार्यबीच प्रतिष्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा कर्मचार्य जिल्ला निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा जिल्ला सभापतिका लागि चार आकांक्षी थिए । डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्मचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयको अन्तिम समयमा कर्मचार्य र थापाले गठवन्धन गरेर खड्कालाई सघाएका थिए भने आचार्य गठवन्धन बिना आफ्नै प्यान बनाएर चुनावमा होमिएका थिए । संस्थापन समुहका खड्कालाई सघाएका हिमालय कर्मचार्य भने पौडेल पक्ष निकट मानिन्छन् भने थापा भने देउवा निकट नै हुन् ।
उपसभापतिमा खगेन्द्र देवान र विष्णु कुमारी लिम्बु दाहाल निर्वाचित भएका छन् । देवानले ८७४, दाहालले ७७८ मत प्राप्त गरिन् उपसभापतिमा निर्वाचित दुवैजना भेषराज आचार्य प्यानलबाट निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार