नेकपा एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि केपी शर्मा ओली सहितको अध्यक्ष मण्डल बनाइएको छ ।शनिवार बन्द सत्रमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष मण्डलमा रहने सदस्यको नाम प्रस्ताव गरेका थिए । अध्यक्ष मण्डलमा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य छन् । महाधिवेशनको बाँकी काम अध्यक्ष मण्डललाई जिम्मा लगाइएको छ । त्यसअघि बन्द सत्रमा लामो सम्बोधन गर्दै ओलीले सुझबुझका साथ देशलाई हाँक्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका थिए ।