इलाम, नेपाली कांग्रेसको जिल्ला सभापतिमा डम्बर खड्काले मत अन्तर बढाउँदै लगेका छन् । एक हजार सात सय ३२ मत गरेकोमा एक हजार पाँच सय मत गणना गरिसकिएको छ । जसमा खड्काले आठ सय १२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भेषराज आचार्यले ६ सय ७९ मत ल्याएका छन् ।