इलाम, यति बेला नेपाली कांग्रेसको जिल्ला अधिवेशन लागेको छ । मतदान प्रक्रिया सकिएसँगै हिजो बेलुकैबाट मत गणना सकिएको छ । हालसम्म मत गणना समेत ७० प्रतिशत सकिएको छ । सभापतिका लागि भेषराज आचार्य र डम्बर खड्काबीच कडा प्रतिष्पर्धा चलेको छ । सुरुदेखि नै झिनो मतअन्तरले डम्बरले नेतृत्व गर्दै रहेपनि निरन्तर मत अन्तर बढाइरहेका छन् । अहिले १३ सय मत गणना गर्दा खड्काले ७०५ मत प्राप्त गरेका छन् भने आचार्यले ५८५ मत प्राप्त गरेका छन् । अहिले खड्काले आचार्यलाई १२० मत अन्तरले अगाडि बढेका छन् । आचार्यले हालसम्म नेतृत् वगर्न गर्न सकेका छैन । १३ सय मत गणना गर्दा ११६ मत अन्तर थियो भने १२ सय मत गणना गर्दा ११४ मत अन्तर थियो । अहिले एक सय २० पुग्नुले खड्काको विजयी हुने सम्भावना बढेको छ ।


677 पटक हेरिएको 






