एमालेको केन्द्रीय नेतृत्वमा नेम्वाङसहित इलामका आठको दावी, चार जना केन्द्रीय सदस्यमा

इलाम, १० मंसिर : नेकपा एमालेको १० औं महाधिवेशनका लागि केन्द्रीय नेतृत्वमा आठ जनाको दावी रहेको छ । पार्टीको वरिष्ठ उपाध्यक्ष संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले दावी गर्दै आएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका सदस्य भएका नेम्वाङले पार्टीको अध्यक्षपछिको दोस्रो महत्वपूर्ण पदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । यस्तै, जिल्ला सचिवालय सदस्य गणेश बरालले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनी खुलाबाट केन्द्रीय सदस्यमा लड्ने तयारीमा छन् ।

यस्तै केन्द्रीय सदस्य पदका लागि जिल्ला कमिटी इलामका अध्यक्ष राम रानाले समेत आकांक्षा देखाएका छन् । उनले प्रदेश १ भूगोलबाट उम्मेदवारी दिने तयारीमा छन् । यस्तै, जिल्ला कमिटी पूर्व अध्यक्ष मणिकुमार लिम्बूले जनजाति कोटाबाट, खुल्ला महिलाबाट तारा गुरुङले आकांक्षा देखाएका छन् भने केन्द्रीय अनुशासन आयोगमा नरेन्द्रनाथ भट्टराई, केन्द्रीय लेखा आयोगमा नरेन्द्रनाथ भट्टराईले दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार