सञ्चारकर्मी कृष्णद्वारा मास्क र सेनिटाइजर प्रदान

इलाम ।  नेपाल पत्रकार महासंघका सदस्य कृष्ण पाठकले पत्रकार महासंघ इलाम शाखा र फोटो पत्रकार महासंघ इलाम शाखालाई मास्क र सेनिटाइजर प्रदान गरेका छन् ।   ‘फस्ट लाइन’मा रहेर जनताको काममा खट्ने सञ्चारकर्मी कोरोनाको जोखिममा रहेको भन्दै पाठकले सामग्री दिएका हुन् । पाठकले पत्रकार महासंघ र फोटो पत्रकार महासंघलाई पाठकले १५÷१५ थान सेनिटाइजर, दुई सय ५०÷दुई सय ५० थान सर्जिकल मास्क वितरण गरेका हुन् ।
उनले महासंघको सामग्री पत्रकार महासंघ उपाध्यक्ष सुनीता खालिङ राईलाई फोटो पत्रकार महासंघको सामग्री महासंघका अध्यक्ष राजेश पराजुलीलाई प्रदान गरेका हुन् ।  पाठकले आफ्नो ‘श्रीखण्ड छिङ्गु भेराइटिज’ इलाममार्फत सामग्री दिएका हुन् । उनले आउँदा दिनमा पनि आफूले सक्दो सहयोग गर्दै जाने बताएका छन् । पाठक चियाबारी एफएमका व्यवस्थापक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार