नेपाल पत्रकार महासंघ इलाम शाखाका पदाधिकारीलाई प्रेस युनियन इलामले बधाइ दिएको छ । मंगलबार इलाम सदरमुकाममा आयोजना गर्दै युनियनले महासंघका नवनिर्वाचित पदाधिकारीलाई पत्रकारका हकहितमा काम गर्न अनुरोध गरेको छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष युवराज भट्टराई (विप्लव)ले महासंघले अबका दिनमा मिडियामैत्री र पत्रकारको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै, कार्यक्रममै बोल्दै महासंघका नवनिर्वाचित उपाध्यक्ष ख्याम भुजेलले वर्तमान परिप्रेक्ष्यमा मिडिया र मिडियाकर्मी एकदमै कमजोरस्थितिबाट गुज्रिरहेको जा नकारी बताए । उनले कोरोनाका कारण धेरै पत्रकार कामविहिन बनेका कारण त्यसबाट माथि उठ्न पनि महासंघले नयाँ कार्यक्रम ल्याउने तयारीमा रहेको बताए ।
प्रेस युनियन अध्यक्ष सविता पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस युनियन उपाध्यक्ष विनय तिम्सिनाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य युनियनका कोषाध्यक्ष राजीव न्यौपानेले राखेका थिए ।


612 पटक हेरिएको 






