
इलाम । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।
हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।
हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।


518 पटक हेरिएको 






