२४ घण्टामा ३३२ जनामा कोरोना सङ्क्रमण

सक्रिय सङ्क्रमित २४ सय भन्दा धेरै

  सरलपाटी सम्वाददाता

 276 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएका तीन सय ३२ सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७९ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर दुई हजार चार सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार