इलाम । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ ।
हिजो तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।


759 पटक हेरिएको 






