इलाम । सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको छ ।
हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै ८६ हजार रुपैयाँ कायम भएको थियो । यो भाउमा फेरि आज चार सय रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकोले नेपाली बजारमा पनि सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


256 पटक हेरिएको 






