काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार दुई सय ४४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । अहिले नेपालमा ११ सय २८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । कोरोना सङ्क्रमणबाट नेपालमा अहिलेसम्म तीन हजार १९ जनाको ज्यान गएको छ ।


363 पटक हेरिएको 






