२०७८ सालको बिदाको सूची सार्वजनिक (सूचीसहित)

कटौती भएका बिदासमेत पाइने

  सरलपाटी सम्वाददाता

 521 पटक हेरिएको

काठमाण्डौ । सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमा समेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ ।

प्रकाशित सूचना अनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा दिने निर्णय भएको हो । यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ ।

किराँत, राईहरुको उभौली पर्व, चण्डी पूर्णिमा लगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ । यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्होसार लगायत विभिन्न ल्होसार पर्वमा पनि बिदा हुने भएको छ ।

यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जात्राका लागि चार दिन, दशैँ बिदा पाँच दिन, तिहार बिदा चार दिन, दिवस बिदा ६ दिन र जन्मजयन्ती बिदा तीन दिन हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार