संरचना बनाउने बजेट व्यवस्था हुन्छ – मन्त्री कार्की

बजेट

  सरलपाटी सम्वाददाता

 535 पटक हेरिएको

इलाम । एक नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन एवम सामाजिक विकास मन्त्री हिक्मत कार्कीले इलाममा भलिवल कोर्ट बनाउनको लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । इलाममा शुरु भएको राष्ट्रिय भलिवल प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री कार्कीले भलिवल कोर्ट बनाउने जग्गा व्यवस्थानको लागि इलाम नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरेका छन् ।

‘यहाँ आएपछि मैले भलिवल मैदान कहाँ छ भनेर सोधे, भलिबल मैदाननै रहेन रहेछ’, मन्त्री कार्कीले भने,‘खेल मैदान बनाउन नगरपालिका र जिल्ला समन्वय समितिलाई जग्गा व्यवस्थापनको लागि आग्रह गर्छु, भलिवल कोर्ट बनाउन प्रदेश सरकारले बजेटको ब्यवस्थापन गर्छ, बजेटको लागि संघीय सरकारसंग हामी समन्वय गर्छौ ।’

मन्त्री कार्कीले खेलकुद आवश्यक लगानी नभएको महशुस भएको बताए । ‘खेल क्षेत्रमा लगानी गर्नु हाम्रो दायित्व हो, तीनवटै तहको सरकारले खेल क्षेत्रमा लगानी गर्छौ’, मन्त्री कार्कीले भने,‘खेल क्षेत्रलाई ब्यवसायीक बनाउन लाग्छौ, त्यसमा हाम्रो ध्यान गएको छ ।’ उनले इलाम सञ्चालन भइरहेको प्रतियोगीता सम्पन्न गर्न प्रदेश सरकारले सवै किसिमको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार