
सुनसरी । सुनसरीको धरानबाट लागू औषध सहित २ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।


354 पटक हेरिएको 






