नेपालमा ११४ जना कोरोना संक्रमित थपिए

कोरोनाका कारण ३ हजार १४ को मृत्यु

  सरलपाटी सम्वाददाता

 244 पटक हेरिएको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, मंगलबार ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ।

मुलुक भर ९ सय १५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख २१ हजार ५ सय १२ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार