सवारी दुर्घटनामा परी एकको मृत्यु

मृत्यु

  सरलपाटी सम्वाददाता

 647 पटक हेरिएको

इलाम । इलामको सूर्योदय नगरपालिकामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पालिकाको वडानम्बर ३ रुङसुङमा पिकअप दुर्घटना हुँदा रेशम रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रायलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले बताए ।

उनका अनुसार, मे १ ज १२४१ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । मृतक ४३ वर्षका गाडी चालक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार