तीन हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा कोरोना सङ्क्रमण

पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय १० पुग्यो

  सरलपाटी सम्वाददाता

 453 पटक हेरिएको

इलाम । पछिल्लो २४ घण्टामा नेपालमा ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय १० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार चार सय एक पुगेको छ । अहिले नेपालमा आठ सय ९५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार १४ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार