युमा साम्योमा लावती

२२ सदस्यीय समिति

  सरलपाटी सम्वाददाता

 396 पटक हेरिएको

इलाम । याक्थुङ लिम्बू समुदायको धार्मिक संगठन युमा साम्योमा नन्द लावती चयन भएका छन । जिल्ला समन्वय समिति इलामको सभाहलमा सम्पन्न भएको ऐतिहाँसिक भेलाले लावतीको अध्यक्षतामा २२ सदस्य समिति चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा उपाध्यक्षमा जगत नेम्बाङ् सचिवमा राजकुमार लिङ्दम् र सहसचिवमा गोमा योङ्हाङ् चयन भएका छन भने कोषाध्यक्ष चयन हुँन बाँकि रहेको अध्यक्ष नन्नद लावतीले बताएका छन ।

त्यस्तै सदस्यहरुमा धनराज फागो, बि. एम. नेम्बाङ्, मिराकचन्द्र लिङ्दम्,ध्रुब सुब्बा, भीमसेन योङहाङ्, सोम साउदेन, ललित योङहाङ्, धनकर्ण योङहाङ्, शुसिला योङहाङ्, धनकुमार नेम्बाङ्, सेरबहादुर योङहाङ्, पदमसुन्दर योङहाङ्, रणसिं योङहाङ्, किरण थेबे,गौतम बिक्रम थेबे,टेकबहादुर लिम्बू र हेमबहादुर लिङ्दम् रहेका छन । त्यस्तै सल्लाकार समितिमा दपकिसोर लिङ्दम्, प्रेमराज लिङ्दम् र मनराज जबेगु रहेको अध्यक्ष लावतीले बताए ।

भेलाबाट आम याक्थुङ लिम्बू समुदायको २०७८ सालमा सम्पन्न हुँने १२ औं राष्ट्रिय जनगणनामा भाषामा याक्थुङ, पुर्खौली भाषामा याक्थुङ, जातजातिमा याक्थुङ लिम्बू, धर्ममा युमा धर्म र राष्ट्रिय परिचय–पत्रमा पनि युमा धर्म उल्लेख गर्ने गराउने भनी सर्व सम्मत्तीबाट निर्णय गरेको छ ।

प्रेमराज लिङ्दमको अध्यक्षतामा भएको कार्याक्रममा युमा साम्यो महासभा नेपालका केन्द्रीय उपाध्यक्ष हर्क सुब्बा इजमको प्रमुख आथित्यता, केन्द्रीय सल्लाहकार आर. बि. याक्थुङ चुमको विशेष आथित्यता र केन्द्रीय सल्लाहकार अशोक नेम्बाङ, केन्द्रीय सचिव भिमसेन लिङ्दम, केन्द्रीय सदस्य योबाहाङ तुम्बाहाम्फे, केन्द्रीय सदस्य जगतबहादुर योङहाङ् र केन्द्रीय सदस्य दिल आङदेम्बेको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

भेलामा जिल्लाका बिभिन्न गाउँपालिका र नगरपालिका भित्रका गरी जम्मा ८० जना प्रतिनिधि युमा साम्यो अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार