एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

एसईई परीक्षा

  सरलपाटी सम्वाददाता

 272 पटक हेरिएको

काठमाण्डौ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कोरोनाका कारण ढिला गरी परीक्षा हुन लागेको हो । यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । परीक्षासँग सम्बन्धी अन्य जानकारी आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार