सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 355 पटक हेरिएको

इलाम । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार