काठमाण्डौ । पछिल्लो २४ घण्टामा देश भर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नौ सय ७४ जना आइसोलेशनमा रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइ सकेका छन् ।


239 पटक हेरिएको 






