इलाम । विभिन्न केशमा इलामका फरार पाँच जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुमार विश्वकर्मा, उदय बहादुर लिम्बू, राजकुमार लिम्बू, भक्त बहादुर राई र लाक्पा शेर्पा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यलय इलामका अनुसार, वन सम्बन्धि मुद्धाका चुलाचुली गाउँपालिका ४ का तीन जना ३९ वर्षका विश्वकर्मा, २८ र ५२ वर्षका लिम्बू, चोरी मुद्धाको इलाम नगरपालिका ३ का ५० वर्षका राई र डाका तथा आगजनी मुद्धामा फरार सुर्योदय नगरपालिका १२ का ३७ वर्षिय शेर्पा रहेका छन् ।
पक्राउ परेकाहरुलाई इलाम जिल्ला अदालतमा पेश गरिए पनि जरिवाना तिर्न नसकेका कारण कैद भूक्तानका लागि जिल्ला कारागारको कार्यलय इलाम पठाइएको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।


312 पटक हेरिएको 






