काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गरेकी हुन् ।
सर्वोच्च अदालतको आदेश अनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको थियो ।



377 पटक हेरिएको 






