इलामका किसानलाई मिनी टिलर र टनेल

किसानलाई सहयोग

  सरलपाटी सम्वाददाता

 426 पटक हेरिएको

इलाम। इलाम नगरपालिका वडा नं.२ सुम्बेकले किसानहरुलाई मिनी टिलर (कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी टिलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका हुन् । वडा कार्यालयले ११ थान मिनी टिलर र ९५ थान टनेल पाल वितरण गरेको पालिकाले जनाएको छ । ५०–५० प्रतिशतको सहभागितामा ११ वटा टिलर किसानलाई वितरण गरिएको वडाध्यक्ष नारद लम्सालले बताए ।

यस्तै छ लाख आठ हजार रुपैँया बराबरको टनेल पाल समेत वितरण गरिएको लम्सालले जानकारी दिए । यस अघि पनि वडाले किसानहरुलाई बोयर जातको बीउ बोका वितरण गरी कृषिमा निर्वाहमुखी बन्न प्रेरित गरेका थिए ।

सामग्री वितरण गर्दै इलाम नगरपालिका प्रमुख बस्नेतले इलाम नगरपालिकाका अधिक जनसंख्या कृषिमा निर्भर रहेकाले कृषिलाई निर्वाहमुखीबाट व्यावसायिकरण गर्नका लागि किसानहरुलाई हौसला प्रदान गरेको बताए ।

वडाध्यक्ष नारद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा नगरका प्रवक्ता ठाकूरनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, नेकपा वडा कमिटीका अध्यक्ष गिरीराज रिजाल, सुम्बेक माविका अध्यक्ष उमाकान्त पोख्रेल लगायतले वितरण कार्यक्रममा बोलेका थिए ।

कार्यक्रममा वडा कार्यालयका अवकाश प्राप्त भोला सुवेदीलाई सम्मान समेत गरिएको छ ।वडा सदस्य सरिता दियालीले स्वागत गरेको कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेल, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र किसानहरुको उपस्थिति रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार