२४ घण्टामा नेपालमा ७८ जनामा कोरोना सङ्क्रमण

एक जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 243 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

दुई हजार पाँच सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार चार सय सात पुगेको छ ।

त्यस्तै सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार