नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार भन्दा तल झर्‍यो

थप चार जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 328 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार भन्दा तल झरेको छ ।

गएको कात्तिक पहिलो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेकोमा अहिले घटेर एक हजारभन्दा तल झरेको हो । अहिले नेपालमा नौ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ५४ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय ७७ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार नौ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप चार जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार