पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिए

६३ जना क्‍वारेन्टाइनमा

  सरलपाटी सम्वाददाता

 260 पटक हेरिएको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

यस्तै, यस्तै ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय २३ रहेको छ भने मृतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८२ रहेको छ । ६३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार