
झापा । झापा दमक नगरपालिका – ९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
बिहीबार दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट प्रहरी टोली खटेको बताइएको छ ।
मेचीनगर नगरपालिका – ६ स्थित मेची पुलमा चेकजाच गर्ने क्रममा रोसन दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडिभिट्टा झापाले जनाएको छ ।


225 पटक हेरिएको 






