काठमाण्डौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको २०औं अनशन स्थगित गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन निर्णय बदर गरिदिएपछि डा. केसीले आजदेखि शुरु गर्ने भनिएको अनशन ‘तत्कालका लागि’स्थगित गरेका हुन्।
तर, विगतका सम्झौताहरु कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान भने जारी राख्ने डा. केसीको भनाई छ। ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,’
उनले विज्ञप्तिमा लेखेका छन्,‘तर हामीसित विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने कुरा जानकारी गराउँछौं।’


269 पटक हेरिएको 






