काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।
यस्तै,कोरोनाबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै ७१ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार १ सय ३९ रहेको छ भने मृतकको संख्या २ हजार ६६ पुगेको छ ।
देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ३७ रहेको छ । ६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


283 पटक हेरिएको 






