सुनको भाउ ११ सय रुपैयाँले बढ्यो

भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 269 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ ।

अस्ति आइतवार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो । त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार