२४ घण्टामा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गयो

एक हजार पाँच सय ३३ जना आइसोलेशनमा

  सरलपाटी सम्वाददाता

 268 पटक हेरिएको

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा एक सय १० कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा दुई लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै थप एक सय दुई जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको छ ।

अहिले नेपालमा एक हजार पाँच सय ३३ जना आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार