काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । नेपालमा १ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।
हालसम्म देश भर २१ लाख ४३ हजार ३१५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६६ जना रहेका छन् ।


264 पटक हेरिएको 






