सम्भव नहुने कुराहरु कार्यान्वयन हुँदैन

छलफल कार्यक्रम

  सरलपाटी सम्वाददाता

 528 पटक हेरिएको

इलाम । निर्वाचन आचार संहितामा राखिएको असम्भव व्यवस्थाहरु कार्यान्वयन हुन नसक्ने एक छलफल कार्यक्रमका सहभागीले निचोड निकालेका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले निर्वाचन दिवसको अवसरमा आयोजना निर्वाचन आचार संहिता कार्यान्वयनमा सरोकारवालाको भूमीका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा आउँदो निर्वाचनको लागि निर्वाचन आयोगले तयार पारेको मस्यौदाका बारेमा जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेको प्रस्तुतीपछि भएको छलफलमा आयोगले तयार गरेको मस्यौदामा कतिपय कार्यान्वयन गर्न सम्भावना नभएको व्यवस्था रहेको दलका प्रतिनिधिले बताएका छन् ।

‘मन्त्री, स्थानीय तहका पदाधिकारीले दलको प्रचार गर्न नपाउने व्यवस्था छ’, नेपाली कांग्रेसका प्रतिनिधि होम दुलालले भने, ‘जनप्रतिनिधि दलको सदस्य हुन्छ, अनि चुनावको प्रचार गर्न नपाउने व्यवस्था कसरी कार्यान्वयन हुन्छ, जनप्रतिनिधिले निर्वाचनको प्रचार नगरे कसले गर्छ ?’ त्यसैले निर्वाचन आचार संहिताको दलहरुबाटै बढि हुने उनले स्वीकार गरे ।

निर्वाचनलाई स्वच्छ र बिकृति रहित बनाउनको लागि आचार संहिता र प्रणालीमा सुधार ल्याउनुपर्ने बताए । ‘स्वच्छ छवि भएका उम्मेद्वारले निर्वाचन जित्नै गाह्रो हुने गरि बिकृति देखिएका छन्’, उनले भने,‘यस्ता बिकृतिलाई हटाउनु पर्छ ।’

नेकपाका प्रतिनिधि बद्रि खड्काले दलहरु नै आचारसंहीता पालना गर्न प्रतिवद्ध हुनुपर्ने बताए । जनता समाजवादी पार्टीका बखतबहादुर आङदेम्बेले ठूला दलहरु नै आचारसंहिता उल्लङघन गर्न उदत हुने बताए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष कोकिला ढकालले आचारसंहिता पालनामा दलहरु प्रतिवद्ध हुनुपर्ने बताइन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले आचारसंहिताको पालनामा सवैको भूमीका प्रभावकारी हुनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार