२४ घण्टामा ज्यान गुमाउनेको सङ्ख्या शून्य

थप १२५ जनामा कोरोना सङ्क्रमण

  सरलपाटी सम्वाददाता

 278 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ ।

यस्तै २४ घण्टामा ९१ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।

अहिले नेपालमा एक हजार ६ सय २१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ७४ जनाको सघन उपचार कक्ष ९आईसीयू० र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई हजार ५५ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार