टेलिकमबारे कुनै जिज्ञासा छन् ? च्याटबाटै पाउन सकिन्छ जवाफ

एनटी च्याटबट

  सरलपाटी सम्वाददाता

 344 पटक हेरिएको

इलाम । नेपाल टेलिकमसँग सम्बन्धित सेवा, जिज्ञासा सिधै च्याटबाटै राख्न पाइने भएको छ । नेपाल टेलिकमले आफ्ना सेवाबारे जानकारी दिन तथा जिज्ञासा समाधानका लागि ‘एनटी च्याटबट’ सञ्चालनमा ल्याएको छ ।

यसका लागि नेपाल टेलिकमको वेबसाइट खालेर होमपेजमै देखिने एनटीसी च्याटबटमा जानुपर्नेछ । त्यहाँ ‘निड हेल्प ? वेलकम टु एनटी च्याटबट’ भनेर लेखिएको बक्समा आफ्ना जिज्ञासा वा लिन चाहेको सेवा राख्न सकिनेछ ।

च्याटबटमार्फत फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्याण्ड लाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज लगायतका जानकारी प्राप्त गर्न सकिन्छ । च्याटबटमार्फत गुनासो राख्न, सुझाव दिन पनि सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार