
इलाम । आज सुनको भाउ बढेको छ ।
केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक सय घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।
हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ २० रुपैयाँ बढेर तोलाको एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


237 पटक हेरिएको 






