देशभर १ हजार ५८७ जना सक्रिया संक्रमित

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

  सरलपाटी सम्वाददाता

 260 पटक हेरिएको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ३६० जनाको नमुना परीक्षण गर्दा ४० जना महिला र ६५ जना पुरुष गरी कुल १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार ९४५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् भने कुल २०५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ५८७ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९७६ जना होम आइसोलेसनमा, ६३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार