काठमाण्डौ । नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखिएको छ ।
यस अघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस ‘यूके भेरिएन्ट’ को सङ्क्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
ती १२ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक ‘जिन सिक्वेन्सिङ’ गर्ने तयारी थालिएको पनि डा. गौतमले जानकारी दिए। उनीहरू सबैको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ । कोरोनाको नयाँ प्रजाति अहिलेसम्म खतरनाक नदेखिएकाले नआत्तिन पनि निर्देशक पौडेलले जानकारी दिए।
अहिले नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तथा आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको सङ्ख्या समेत घटेकाले आत्तिनु नपर्ने उनको भनाइ छ ।
कोरोनासँग लड्ने प्रतिरोधात्मक क्षमतामा के छ ? अन्य देश र नेपालमा भएको भाइरस कस्तो हो ? लगायतका बारेमा थाहा पाउन जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ ।


360 पटक हेरिएको 






