इलाममा ‘कोभिड खोप’ अभियान आजबाट सञ्चालन

सय भन्दा बढीले लगाए

  सरलपाटी सम्वाददाता

 532 पटक हेरिएको

इलाम । इलाममा ‘कोभिड – १९ खोप’ अभियान आइतबारबाट सञ्चालन सुरु भएको छ । जिल्लाका १० पालिकाका दोस्रो प्राथमिकतामा परेका नागरिकलाई पहिलो चरणको ‘कोभिड खोप’ आजबाट लगाउन सुरु गरिएको हो ।

आज पहिलो दिन जिल्लाका तीन पालिका इलाम, देउमाई र सूर्योदय नगरपालिकाका एक सय ९१ जनाले पहिलो चरणको खोप लगाएका छन् । जसमा ५५ महिला र एक सय ३६ पुरुष रहेको बताइएको छ ।

देउमाई नगरपालिकामा ४२ पुरुष २९ महिला, सुर्योदय नगरपालिकाका ४७ पुरुष १३ महिला र इलाम नगरपालिकाका ४७ पुरुष १३ महिला रहेको इलाम नगरपालिकाका स्वास्थ्य प्रमुख रमन्ता पौड्यालले जानकारी दिइन् ।

यी पालिकामा २ गतेबाट , अन्य पालिकाहरु सन्दकपुर, रोङ्ग, चुलाचुली, माइजोगमाई गाउँपालिका र माई नगरपालिकामा ३ गतेबाट, फाकफोकथुम र माङ्गसेबुङ्ग गाउँपालिकामा ४ गतेबाट खोप सञ्चालन हुने इलाम नगरपालिकाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी राम साहले जानकरी दिए ।

उनका अनुसार, जनप्रतिनिधि, निजामति सेवामा कार्यरत कर्मचारी, सशस्त्र, बैङ्क तथा वित्तिय सस्था, न्याय सेवा समूह, प्राधिकरण र सस्थानका कर्मचारी, जनपथ प्रहरी, पत्रकार, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेर काम गरिरहेकाहरुले यस चरणमा खोप लगाउने छन् ।

पहिलो प्राथमिकतामा परेका नागरिकले भने यस अघि नै लगाईसकेको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार