नेपालमा १६ सय चार जना सक्रिय सङ्क्रमित

आज १०४ जनामा कोरोना सङ्क्रमण

  सरलपाटी सम्वाददाता

 258 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आइतवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ३१ जना निको भएसँगै अहिलेसम्म दुई लाख ६९ हजार ६० जना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणको कारण नेपालमा पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । कोरोनाका कारण अहिलेसम्म दुई हजार ५४ जनाको ज्यान गएको छ ।

अहिले नेपालमा १६ सय चार जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार