लागु औषध गाँजा सहित दुई जना पक्राउ

पक्राउ

  सरलपाटी सम्वाददाता

 301 पटक हेरिएको

मोरङ । मोरङ विराटनगर – १५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ईटहरी–५ का ५२ बर्षीय तेज बहादुर राई र सोही स्थानका ४१ बर्षीय पदम बहादुर राई रहेका छन् ।

शुक्रबार जोगबनी तर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पश्चात अटोमा चेकजाँच गर्ने क्रममा वियरको काटुन भित्र लुकाई छिपाई राखिएको अवस्थामा ४ केजी गाँजा फेला पारी बरामद गरिएको हो । यसरी अटोमा गाँजा फेला पारिएपछी अटो चालक पदम बहादुर राई र अटोमा सवार रहेका तेज बहादुर राई समेतलाई नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार