सुनको भाउ ६ सय रुपैयाँले घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 338 पटक हेरिएको

इलाम । सुनको भाउ आज घटेको छ । सुन तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम हो ।

यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार