नेपालमा एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि

दुई जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 340 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर एक सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार जनाको पीसीआर परीक्षण गर्दा एक सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ३६ जनासहित दुई लाख ६८ हजार सात सय ९६ जना निको भएका छन् ।

थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या दुई हजार ५४ पुगेको छ । अहिले नेपालमा एक हजार सय सात जना सक्रिय सङ्क्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार