अध्ययन गरेर मात्रै मुद्दा चलाउनु पर्छ ः अग्नि खरेल

महान्यायाधिवक्ता खरेल

  सरलपाटी सम्वाददाता

 535 पटक हेरिएको

इलाम । महान्यायाधिवक्ता अग्नि खरेलले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्रै मुद्दा अघि चलाउनुपर्ने बताए । उच्च सरकारी वकिल, कार्यालय इलामकोे नवनिर्मित कार्यालय भवनको भर्चुवल बाट उद्घाटन गर्दै खरेलले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउन निर्देशन दिएका हुन् ।

अपराध गर्ने मान्छेले पनि सर्तकताका साथ अपराध गरिरहेको हुन्छ भन्दै खरेलले प्रमाणहरु जुटाउनु पर्ने क्रममा सरकारी वकीलहरुको गम्भिर दायित्व रहेको बताए । सुविधा सम्पन्न भवनमा बसेर मात्र नहुने भन्दै खरेलले काममा पनि सूविधा दिनुपर्ने बताए ।

उच्च सरकारी कार्यालय इलामले भ्याट बाहेक तीन करोड बाईस लाख पाँच हजार तीन सय रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न गरेको छ । नव निर्मित पाँच तले भवनमा १८ वटा कोठा रहेका छन् । लिफ्ट सहित अपाङ्ग मैत्री, पुस्तिकालय, अभिलेखालय कक्ष , सभाहलको सूविधा उच्च सरकारी वकील कार्याल इलामका सह न्याधिवक्त लक्ष्मण उपाध्याय घिमिरेले बताए ।

२०७८ जेठ २३ गते सम्ममा भवनको निर्माण सम्पन्न गर्नेगरी २०७६ जेठ २४ गते जोशी नायग्रा शंकर जे.भि. इलामले निर्माणको ठेक्का लिएको थियो । ठेकेदार कम्पनिले भवन निर्माणको सम्पन्न गर्नुपर्ने सम्झौता मिति भन्दा अडाडिनै जिम्मा लगाएको छ । उद्घाटन कार्यक्रममा कार्यलयमा लामो समयदेखी उत्कृष्ट काम गरेको भन्दै पाँच जना कर्मचारीलाई सम्मान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार