२४ घण्टामा देशभर १३४ जनामा कोरोना सङ्क्रमण

ज्यान गुमाउनेको संख्या शुन्यमा झर्यो

  सरलपाटी सम्वाददाता

 347 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधवार थपिएकामध्ये काठमाण्डौ उपत्यकाका ६५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय १८ जनासहित अहिलेसम्म दुई लाख ६८ हजार पाँच सय ४९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले एक हजार सात सय ५३ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म दुई हजार ४७ सङ्क्रमितको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार