२४ घण्टामा देशभर १६० जना कोरोना सङ्क्रमित थपिए

दुई जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 236 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर एक सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ ।त्यस्तै थप एक सय ६५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार चार सय ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४७ रहेका छन् ।

अहिले नेपालमा एक हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार